देउवा र प्रचण्डले आज काठमाडौंमा प्रशिक्षण दिने

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ३१


काठमाण्डौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज काठमाडौंमा प्रशिक्षण दिने भएका छन्। काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रम छ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण दिनेछन्।

कार्यक्रममा सत्ता गठबन्धनमा रहेका सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुनेछन्। सत्ता गठबन्धनका शीर्ष नेताले संयुक्त रूपमा प्रशिक्षण दिने कार्यक्रम तय भएको सत्ता गठबन्धनबाट काठमाडौं २ मा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस्