‘२ नम्बरी’ले हाल सम्म कति कमायो?

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ५५


काठमाडौं । नेपाली बक्स अफिसमा सफल भइरहेको फिल्म ‘२ नम्बरी’को एक साताको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । यो फिल्मले रिलिजको ८ दिनमा बक्स अफिसमा ४ करोड ४५ लाख ग्रस कलेक्शन गरेको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ ।

यो फिल्मले काठमाडौंमा २ करोड २० लाख ग्रस कलेक्शन गरेको छ । फिल्मले चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाखको ग्रस कलेक्शन गरेको छ । यस्तै, अन्य विभिन्न हलबाट फिल्मले १५ लाख ग्रस कलेक्शन गरेको बताइएको छ ।

निर्माता किरण नेपालीले फिल्मबाट मुनाफा प्राप्त भैसकेको बताएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ ।


प्रतिक्रिया दिनुहोस्