चुनावी घोषणापत्र लेख्न अध्यक्ष ओली रिसोर्टमा, पिङ पनि खेले

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ४ : १६


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी घोषणापत्र तयार पार्न व्यस्त छन्। झापामा आफ्नो उम्मेदवारी दिएर काठमाडौं फर्किएलगत्तै उनी निर्वाचनलक्षित गतिविधि र रणनीति बनाउन व्यस्त थिए।

अहिले भने उनी पार्टीको चुनावी घोषणापत्र तयार पार्न आन्तरिक गृहकार्यमा जुटेका छन्। त्यसको लागि अहिले ओली ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन्। लाकुरीभञ्ज्याङमा रहेको रिसोर्टमा उनले पिङ समेत खेलेका छन्।


प्रतिक्रिया दिनुहोस्