८ हजार मत नपुगेर हारेको थिए, यसपटक ८ बढी ल्याएर जित्छुः रवीन्द्र मिश्र

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ३०


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले आफूले ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू चुनाव जितेपछि गर्व गर्न योग्य सांसद बनेर देखाउने बाचा गरेका हुन्।

उनले भने, ‘गत चुनाव ८ सय मतको अन्तरले हारेको थिएँ। यो पटक ८ हजार मतको अन्तरले जित्छु भन्नेमा ढुक्क हुन थालेको छु।’

उनीसँग सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंह चुनावी मैदानमा छन्। ०७४ सालको निर्वाचनमा पनि नेता मिश्र सिंहसँगै पराजित भएका थिए।

 

 


प्रतिक्रिया दिनुहोस्