आज जाउलाखेल–बुङमती रुटमा साझा बसको निःशुल्क सेवा

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  २ : २८


ललितपुरको बुङमतीमा ‘बुङ महोत्सव’ शुरु भएको छ। बुङमतीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा जानको लागि ललितपुर महानगरपाकिाले निःशुल्क बस सेवा सञ्चालन गरेको छ

महानगरले जाउलाखेलदेखि बुङमतीसम्म आउजाउ गर्न साझा बसको व्यवस्था गरेको बताइएको छ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने महोत्सवमा जान चाहनेलाई साझाको बस सेवा निःशुल्क रहेको जानकारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्