सत्यमोहन जोशीको स्वास्थ्यमा आएन सुधार, अवस्था चिन्ताजनक

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  २ : २१


काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्यमा थप समस्या देखिएको छ।

२३ औ दिन देखि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल भर्ना भएका जोशीको हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको अस्पतालले जनाएको छ।

र उनको स्वास्थ्य स्थिति स्थिर नै रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

जोशीको स्वास्थ्य स्थिति स्थिर रहेता पनि चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्