सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : ४१


काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा झन् समस्या आएको छ।

किष्ट अस्पतालले विज्ञप्ति जारी गर्दै १८ दिनदेखि उपचाररत् १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको बताएको छ।

जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए।

उनमा कमजोरी देखिएका कारण असोज ७ गते इमर्जेन्सीमा ल्याई भर्ना गरी उपचार सुरू गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्