बालेनको डोजर चलेपछि ठेलागाडा समातेर बिलौना गर्दै शर्मिला

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : ४०


काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) व्यापक जनसमर्थनपछि मेयर बनेका हुन।

उनी महानगरको नेतृत्वमा आएपछि राम्रा कामले प्राथमिकता पाउँछन् भन्ने विश्वास थियो। सबैलाई समेटेर उनले विकास निर्माणका काममा हातेमालो गर्छन् भन्ने सबैले खोजेका थिए। तर, मेयर बनिसकेपछि बालेनले एकलौटी शैली पछ्याएका छन्।

साथै संवेदनाविहिन बन्न महानगरका प्रहरीहरुलाई प्रेरित गरिरहेका छन्। बालेनको यस्तो कार्यले पछिल्लो समय आलोचना बटुल्न थालेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा अर्को भिडियो भाइरल भएको छ। जहाँ बालेनको निर्देशनमा आएका महागर प्रहरीले ठेलागाडामाथि डोजर चलाएका छन्।

सो दृश्य काठमाडौंको थापाथलीस्थित प्रसुतीगृह अगाडिको हो। भिडियोमा एक महिला ठेलागाडा समातेर बिलौना गर्दै गरेको देखिन्छन्। उनी हुन शर्मिला तामाङ।

लमजुङ घर भएकी शर्मिलालाई उनको दुःख देखेर विदेशमा बस्ने एकजना शुभचिन्तकले ठेलागाडा किन्ने पैसा पठाइदिएकी थिइन्। त्यही पैसाले किनेको ठेलागाडामा सामान राखेर उनले प्रसूति गृह अगाडि व्यापार गर्थिन्।

४ जना नाबालिक ससाना बालबच्चा सहितकी विपन्न शर्मिलाले ठेलागाडामा सामान बेचेर जिविका चलाउदै आएकी थिइन्। तर, महानगर  प्रहरीले अमानवीय र असंवैदनशील बन्दै बिना अल्टिमेटम आफ्ना सामान फुटाएर गएको, डोजर चलाएको भन्दै उनले बिलौना गरिरहेको भिडियोमा देख्न सकिन्छ।

 


प्रतिक्रिया दिनुहोस्