गोरखा-२ का एमाले उम्मेद्वार भन्छन्-प्रचण्डलाई राजनीतिबाटै बिदा गर्छु

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ००


काठमाडौं । आउँदो निर्वाचनमा गोरखा क्षेत्र नं २ तर्फ धेरैको ध्यान छ।

यसअघिका निर्वाचनहरुमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चुनावी क्षेत्र रहेको सो क्षेत्रमा यसपटक डा भट्टराईले उम्मेद्वारी दिएनन्।

सोही क्षेत्रमा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेद्वारी दिएका हुन। प्रचण्डका प्रतिद्धन्द्धि त्यति बलिया देखिएका छैनन्।

यसैबीच, नेकपा एमालेबाट उम्मेद्वार बनेका अब्दुस मियाले सो क्षेत्रबाट प्रचण्डलाई हराउँने दाबी गरेका छन्। सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीसँगको फोटोसेयर गर्दै उनले प्रचण्डलाई राजनीतिबाटै बिदा गर्ने गरि तयारी गरिरहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्