गगन र रवि संसदमा चाहिन्छ भन्दै यी युवकले लिए आफ्नो उम्मेद्वारी फिर्ता

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ३ : ०६


काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेद्वारी दिएका एक युवकले उम्मेद्वारी फिर्ता लिएका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरुण श्रेष्ठले गगन थापा र रवि लामिछाने जस्तो व्यक्ति संसदमा चाहिन्छ भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

काठमाडौं ४ मा काँग्रेस नेता गगन थापा र एमाले नेता राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्