एकल सिफारिस हुँदा पनि टिकट नदिनु ओलीको स्वेच्छाचारीपन: भीम रावल

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : ३६


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूले टिकट नपाउनुमा अध्यक्ष केपी ओलीको स्वेच्छाचारीपन रहेको बताएका छन्।

जिल्ला र प्रदेश कमिटिबाट एकलरुपमा सिफारिस भएका रावलले टिकट नपाएपछि आज पहिलोपटक पत्रकार सम्मेलनको आयोजना गरेका हुन।

‘मलाई टिकट नदिएको विषयमा होइन एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको हुँ। एमालेमा योगदान नगरेका व्यक्तिलाई टिकट दिनु स्वेच्छाचारी र अन्यायपूर्ण छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस्