सत्यमोहन जोशीलाई आइसियुमा सारियो

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १२ : ४४


काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई आइसियुमा सारिएको छ।

अक्सिजन लेभल घटेर स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई आइसियुमा सारिएको हो ।

साथै निमोनिया संक्रमणका साथै मुटुको चालमा समस्या आएपछि एन्टीबायोटिक्स् दिइराखेको किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन्।

बुधबार जोशी स्वास्थ्यमा सुधार भएसँगै सामान्य दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा पुगेका थिए। २० दिनदेखि जोशीको सूक्ष्म निगरानीमा उपचार भइरहेको छ।

फाइल फोटो


प्रतिक्रिया दिनुहोस्