प्रतिनिधिसभा विघटनको विरोध र विगतमा माधव नेपाललाई साथ दिएकोमा पार्टी नेतृत्वबाट टिकट खोसिएका पूर्वमन्त्री तथा एमाले नेता पुरुषोत्तम पौडेलले भावुक प्रतिक्रिया दिएका छन्।
पौडेल बारा क्षेत्र नं। १ बाट टिकटको आकांक्षी थिए । जिल्ला र क्षेत्रले उनको नाम सिफारिस पनि गरेको हो । तर, केन्द्रको रोजाईमा नपर्दा उम्मेदवार हुन सकेनन्।
सामाजिक सञ्जालमा ‘मलाई कुनै दुःख छैन’ शीर्षकको कविता पोष्ट गर्दै उनले टिकटका लागि तुच्छ सम्झौता नगरेकै कारण छनोटमा नपरेको गुनासो गरेका छन्।
यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको कविता
मलाई कुनै दुःख छैन।
————
मलाई कुनै दुःख छैन।
मलाई पीर ताप पनि लाग्दैन।
कसैसंग आग्रह र विग्रह पनि छैन।
कुनै गुनासो गरेर फाइदा पनि छैन।
यसैले मलाई कुनै दुःख छैन।
म उनको छनौटमा परिन।
म त जनताको वीचमा छु।
पृय साथीहरुकै साथमा छु ।
प्रेम र सद्भाव बाँडिरहेको छु ।
केवल सुख दुस्ख साँटिरहेको छु ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।
म त आफ्नै काम गरिरहेको छु ।
साथीहरुलाई सघाई रहेको छु ।
दुखी गरिवका घरमा रमाइरहेछु ।
नेपाल र नेपालीको सेवा गर्दैछु ।
यसैले मलाई कुनै दुख छैन ।
म उनको छनौटमा परिन ।
मैले विचार र सिद्धान्त छोडिन ।
आफ्नो स्वत्व र आचार तोडिन ।
विधि,पद्दति र संस्कार छोडिन ।
तुच्छ स्वार्थको लागि सम्झौता गरिन ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।
कहिल्यै कसैलाई धोखा दिइन ।
दलाली गरेर भाग बुझाउन हिँडिन ।
कमिसन खान र कमाउनतिर लागिन ।
पार्टीको टिकटमा मोलमोलाई गरिन ।
यसैले मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।।।
मैले दलालहरुसंंग संगत गरिन ।
तस्कर,ठगहरुसंग उठवस गरिन ।
जाली फटाहाहरुसंग कहिल्यै लागिन ।
राजनैतिक ठगहरुसंग लेनदेन गरिन ।
यसमा मलाई कुनै दुस्ख छैन ।
म उनको छनौटमा परिन ।।
चाकरीमा म कमजोर भएँ ।
सधैं सेवामा हाजिर हुन सकिन ।
चौठीमा तेल लिएर घर घरमा गइन ।
जनताको कामले मलाई छुट्टी भएन ।
यसमा मलाई कुनै दुःख छैन ।
म उनको छनौटमा परिन ।।।