कैलाली ५ मा कांग्रेसका बागी ओझालाई ‘माछा’ र भण्डारीलाई ‘केरा’ चुनाव चिन्ह

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : १५


कैलाली। नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले ‘माछा’ चुनाव चिन्ह पाएका छन्।

निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिन्ह दिएको हो । कैलाली ५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन्।

यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिन्ह पाएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्।


प्रतिक्रिया दिनुहोस्