शाओमीको तिहार विशेष योजना, मोबाइलको मूल्य घट्यो

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ३८


काठमाडाैं । स्मार्टफोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि मोबाइल सेटहरुमा मूल्य छुट गरेको छ। चाडपर्वको अवसर पारेर उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्नेछ।’

यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैयाँ, शाओमी १२ सिरिजमा ३ हजार रुपैयाँ र भर्खरै लन्च गरिएको पोको एम५ मा ५ सय रुपैयाँसम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सीमित अवधिको लागि मान्य यो अफर असोज २४ गतेदेखि कार्तिक १४ गतेसम्म लागू हुनेछ ।

कुनमा कति छुट ?


प्रतिक्रिया दिनुहोस्