राजमो अध्यक्ष केसीले बागलुङमा दर्ता गराए उम्मेदवारी

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ३४


बलेवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका छन।

अध्यक्ष केसीले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफैँ पुगेर आज अपराह्न उम्मेदवारी दर्ता गरेका हुन। उम्मेदवारी दर्ता गर्न उनी शनिबार नै बागलुङ आइपुगेका थिए।

सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक छन्।

उनले पाँचदलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिएका हुन। उनीसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट निवर्तमान सांसद डा सूर्य पाठकले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन। रासस


प्रतिक्रिया दिनुहोस्