मधेशको सप्तरी २ः उपेन्द्र यादव र सीके राउतको रोचक भीडन्त

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : १६


काठमाण्डौँ । मधेशको सप्तरी २ मा आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएको सोही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आइतबार उम्मेदवारी दर्ता गराए।

उपेन्द्रलाई एमालेको साथ छ। जसपा र एमालेबीच चुनावी तालमेल भएको छ।
उता पाँच दलीय सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले सो क्षेत्र पाएको छ।

लोसपाका जयप्रकाश ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। उपेन्द्रले सोही क्षेत्रबाट २०७४ को चुनाव जितेका थिए। पाँच दलीय गठबन्धनमा रहेका उपेन्द्रले अन्तिम समयमा २१ असोजमा गठबन्धन तोडेर एमालेसँग तालमेल गरेका हुन्।

सीकेले भने कुनै दलसँग तालमेल गरेका छैनन्। सुरुमा एमालेसँग तालमेल गर्ने समझदारी बने पनि जसपा–एमाले तालमेलपछि जनमत पार्टीसँग एमालेले तालमेल गरेको छैन।


प्रतिक्रिया दिनुहोस्