पत्नी आरजुले गरिन् प्रधानमन्त्री देउवाको मनोनयन दर्ता

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : २२


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट मनोनयन पत्र दर्ता गराएका छन्।

प्रधानमन्त्री देउवाको प्रतिनिधिका रूपमा उनकी पत्नी डा आरजु राणा देउवाले मनोनयन पत्र दर्ता गरेकी हुन् । देउवा प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्