उम्मेदवारी दर्ता गरेपछि सागर ढकालले भने ‘दुई दिन निराहार ब्रत बस्छु’

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : ३४


काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृहस्थानमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका सागर ढकालले २ दिन निराहार ब्रत बस्ने बताएका छन् । उम्मेदवारी मनोनयनको अन्तिम दिन आज जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्दै उनले निराहार ब्रत बस्ने फेसबुकमार्फत् उनले जानकारी गराएका हुन् । डडेल्धुराको प्रदेश क्षेत्र नम्बर ‘क’ बाट महेश सिंह धामीले ढकालसंगै स्वतंत्र उम्मेदवारी दर्ता गरेका छन् ।

उनले लेखेका छन ‘आज विधिवत् रुपमा‌ हामीले‌ उम्मेदवारी‌ दर्ता गरेका छौँ। यसै उपलक्षमा उग्रतारा,घटाल, पर्शुराम‌ बाबा लगायतका देवी देवतालाई साक्षि राख्दै डडेल्धुरा र देश बासिलाई‌ नयाँ आशा, विश्वास, विकास दिलाउनको लागि २ दिनको निराहार ब्रत पनि बस्ने निर्णय गरेको छु जुन वैज्ञानिक हिसाबले पनि उपयुक्त हो ।’


प्रतिक्रिया दिनुहोस्