एमालेले शनिबार बासु घिमिरेलाई टिकट दियो, मनोनयनको अन्तिम समयमा खोस्यो

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ३६


काठमाण्डौँ । रूपन्देही क्षेत्र नम्बर ५ मा एमालेले बासु घिमिरेको टिकट खोसेको छ।

शनिबार मात्र घिमिरेलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएको एमालेले उम्मेदवार दर्ताको अन्तिम समयमा खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको हो।

घिमिरे उम्मेदवारी दिन तयार भएको अवस्थामा भट्टराईले टिकट लिएर आएका हुन्।

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक रहेका भट्टराईले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताए। भट्टराई काठमाडौंबाट उम्मेदवार दर्ताको लागि हवाइजहाज मार्फत रुपन्देही आउँदै छन्।


प्रतिक्रिया दिनुहोस्