शंकर पोखरेलसँग रेखा शर्मा भिड्ने, दाङमा गठबन्धनका टुंगिए उम्मेदवार

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : १२


काठमाण्डौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।

गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादी, २ मा माओवादी केन्द्र र ३ मा नेपाली कांग्रेसको भाग परेको छ । दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, क्षेत्र नं.  २ मा नेकपा माओवादीकी रेखा शर्मा र क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दीपक गिरी उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस्