गठबन्धनसँग सहमतिपछि लोसपाले टुंग्यायो प्रतिनिधिसभाका उम्मेदवार (सूचीसहित)

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ५३


काठमाडौं । सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेलका लागि सहमति भएको छ। शनिबार भएको सहमितमा लोसपाले प्रतिनिधि सभातर्फ आठ सिट पाएको छ।

सहमतिसँगै लोसपाले प्रतिनिधि सभातर्फका उम्मेदवार पनि टुंग्याएको छ। यस्तै लोसपाले प्रदेश सभातर्फ १६ सिटमा सहमति गरेको छ। लोसपाका अनुसार सप्तरी २ मा जयप्रकाश ठाकुरले टिकट पाएका छन्।

यस्तै धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरतसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्णले टिकट पाएका छन्।

लोसपा नेता लक्ष्मणलाल कर्णका अनुसार गठबन्धनले दिएको प्रतिनिधि र प्रदेश सभाका सबै सिट मधेश प्रदेशकै हुन्।

बाँकी क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने कर्णले बताए। जसपा गठबन्धनबाट बाहिरिएपछि लोसपाले गठबन्धनसँग मधेश प्रदेशका लागि सहमति गरेको हो।

यस्तो छ लोसपाका उम्मेदवारको सूची

१.सप्तरी २ जय प्रकाश ठाकुर
२.धनुषा ३ अनिलकुमार झा
३.महोत्तरी २ शरत सिंह भण्डारी
४.महोत्तरी ३ महन्थ ठाकुर
५.सर्लाही १ राम प्रकाश चौधरी
६.सर्लाही २ राजेन्द्र महतो
७.बारा ३ प्रमोद गुप्ता
८.पर्सा १ लक्ष्मण लाल कर्ण


प्रतिक्रिया दिनुहोस्