सन्दीपलाई भोलि अदालत उपस्थित गराइने, किशोरीको उमेरबारे नयाँ हल्ला के हो?

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ३३


काठमाडौं। नाबालिग बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले भोलि अदालतमा उपस्थित गराइने भएको छ।

दसैं बिदा परेकाले आइतबार मात्रै अदालत खुल्ने भएकाले उनलाई बयानका लागि प्रहरीले अदातलमा पेश गर्न लागेको हो।

पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। बयानका लागि आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइनेछ।

यसैबीच, नाबलिग भनिएकी किशोरीको उमेरबारे पछिल्लो समय विभिन्न हल्ला बाहिरिएका छन्। जाहेरीकर्ता भनिएकी नाबलिग ती किशोरीको उमेर १८ बर्ष नाघिसकेको भन्दै हल्ला फैलिएको हो। यसबारे एक टेलिभिजन कार्यक्रममै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आफूले त्यस्तो सुनेको आशयको अन्तरवार्ता दिएका छन्।

यस्तै, संन्दीप बचाउ संघर्ष समितिले आजै एक विज्ञप्ति जारी गर्दै पिडित भनिएकी किशोरीको नागकिरताको उमेर र जन्मदर्ताको उमेरमा दुई वर्षको फरक रहेको दावी गरेको छ। किशोरीको जन्मदर्ता र नागरिकता छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्