प्रचण्डले छाडेको क्षेत्रबाट चिकित्सक भोजराज अधिकारी उम्मेदवार

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ११


काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्रले डा।भोजराज अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज (शनिवार)बसेको जिल्लाको बैठकले अधिकारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो।

चितवन ३ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित क्षेत्र हो।

यसपटक प्रचण्डले चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने निर्णय गरिसकेका छन्।

अधिकारी भरतपुर अस्पतालका अध्यक्ष तथा पुष्पाञ्जली अस्पतालका संचालक हुन्।

यस्तै प्रदेश ३ (ख) मा ठाकुर प्रसाद ढकाललाई माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ। उनि माडी नगरपालिकाका निवर्तमान मेयर हुन्।


प्रतिक्रिया दिनुहोस्