बालकृष्ण ढुंगेललाई सम्झँदै बाबुरामले भने-बहुप्रतिभाशाली मानव

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : १९


काठमाडौं । पूर्व माओवादी नेता तथा हाल नेकपा एमालेका पोलिब्युरो सदस्य रहेका बालकृष्ण ढुंगेलको निधनप्रति पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुःख व्यक्त गरेका छन।

शनिबार बिहान काठमाडौंको काँडाघारीमा रहेको आफ्नै निवासमा उनी मृत भेटिएका हुन्।

घरकै बाथरुममा लडेर उनको निधन भएको हो । तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए।

डा.भट्टराईले उनको निधनमा सम्झदै बहुप्रतिभाशाली मानवको दुःखद निधन भनेका छन्।


प्रतिक्रिया दिनुहोस्