बाथरुममा लडेर एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  २ : ३४


काठमाडौं । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उनको मृत्यु भएको हो ।

दसैँको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उनी एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउन थालेको छ।

विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उनी एमालेमै बसेका थिए।

ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बसेका थिए। यसअघि उनी संविधानसभाका सदस्यसमेत बसेका थिए। रासस


प्रतिक्रिया दिनुहोस्