गोरखा २ मा प्रचण्डका प्रतिद्वन्दी एमालेका अब्दुस मियाँ

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : १४

काठमाडौं । नेकपा एमालेले गोरखा क्षेत्र नं। २ मा अब्दुस मियाँलाई टिकट दिएको छ ।

पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो ।
३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा थिए ।

पार्टीमा विवाद देखिएपछि मियाँले विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । तर एमाले प्रवेश गरेपछि उनलाई पार्टीले गोरखाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्