गठबन्धनको बैठकमा गएनन् जसपाका नेताहरु

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ११ : २४


काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा जनता समाजवादी पार्टीका नेताहरु भने अनुपस्थित छन् । जसपा गठबन्धन छाडेर नेकपा एमालेसँग सहकार्य गर्ने तरखरमा छ ।

गएराति एमाले नेता रघुवीर महासेठको निवासमा भएको छलफलमा एमाले जसपालाई २५ सिट दिन लगभग तयार भएको एमालेका एक शिर्षनेताले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्