राजेश हमालसँगको फोटो सेयर गर्दै भुवन केसीले यस्तो लेखेपछि..

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ४ : २०


काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि अभिनेता भुवन केसीले महानायक राजेश हमालसँगको फोटो पहिलोपटक सार्वजनिक गरेका छन्।

कुनैबेला बोलचाल समेत बन्द रहेका यी दुई अभिनेताबीचको सम्बन्ध पछिल्लो समय हार्दिक बन्दै गएको हो की भन्ने अनुमान गर्न थालिएको छ।

हालै चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन नियुक्त भएपछि हमालले सुझावसहित शुभकामना समेत दिएका थिए।

हालै केसीले हमालसँगको अहिलेसम्मकै सम्भवतः पहिलो तस्विर सेयर गर्दै लेखेका छन्, ‘साथीको लागि यो हात सलाम छ, दुश्मनको लागि यो हात फलाम छ । दोस्ती ।’


प्रतिक्रिया दिनुहोस्