दशैंमा बाबुरामले लगाए टिका, प्रचण्डले लगाएनन्

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  २ : ३६


काठमाडौं । नेपालीहरुको महानपर्व बडादशैं अन्तरगत टिकाको दिन बुधबार शुभसाइतमै धेरैले मान्यजनबाट टिका लगाए।

सेलिब्रेटी, राजनीतिक दलका नेता देखि सर्वसाधारण सबैले शुभसाइतमै टिका ग्रहण गरे र सामािजक सञ्जालमा पनि पोष्ट गरे।

तत्कालिन माओवादी द्धन्द्धको समयदेखिनै टिका बहिष्कार गर्दै आएका अधिकासं माअ‍ोवादीले टिका लगाए। तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अझै टिका लगाउँदैनन्।

सामाजिक सञ्जालमा दाहालकी छोरी गंगा दाहालले अपलोड गरेको तस्विरमा प्रचण्ड बाहेक परिवारका सबै सदस्यले टिका लगाएको देख्न सकिन्छ।

माओवादी आन्दोलनका २ सुप्रिमो मध्ये अर्का नेता बाबुराम भट्टाराईले भने टिका लगाएको तस्विर ट्विट गर्दै शुभकामना दिएका छन्।


प्रतिक्रिया दिनुहोस्