अमलेखगञ्जमा बस दुर्घटना: मृत्यु हुनेको संख्या १४ पुग्यो

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १ : २०


बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १४ जनाको मृत्यु भएको छ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो। नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन्।

घाइतेहरुको उद्धारको कार्य जारी छ। उनिहरुलाई सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए। दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस्