सन्दीप लामिछाने स्वदेश फिर्ता, विमानस्थलबाटै पक्राउ

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ११ : २९


काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रकाउ गरेको छ । लामिछानेलाई गौशाला प्रहरी वृतमा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

उनी बिहान १० बजे विमानस्थलमा ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।

१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीपले मिति २०७९र०५र०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं। २३ः५५ बजे का।जि।का।म।न।पा। ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अं। ००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्