खराब मौसमका कारण सन्दीप सवार विमान अवतरण हुन सकेन

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १० : ४८


काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल काठमाडौँ आइपुग्ने बताएका थिए ।

तर, खराब मौसमका कारण उनी चढेको कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान अवतरण हुन नसकेको छैन। विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को लगाएर बसिरहेको विमानस्थल स्रोतले जनाएको छ ।

उनी विमानस्थलमा ओर्लने बित्तिकै पक्राउ गर्ने गरी तयारी भइरहेको छ । उनलाई पक्राउ गर्न अहिले विमानस्थलमा ठुलो संख्यामा प्रहरीहरू तैनाथ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्