प्रधानमन्त्री देउवाले लगाएनन् टीका

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ४ : ०८


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाएका हुन।


प्रतिक्रिया दिनुहोस्