प्रचण्डले यो बर्ष पनि लगाएनन् दशैंको टिका

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ३ : २५


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पनि दशैंको टीका लगाएनन्।

उनले छोरी, बुहारी, नाति–नातिनीलाई दशैंको टीका लगाए पनि आफूले भने लगाएनन्। विगतका वर्षहरुमा पनि प्रचण्डले परिवारका सदस्यलाई टीका लगाइदिने गरेका थिए। उनले आफूले भने टीका लगाउने गरेका थिएनन्।

सशस्त्र युद्धका समयमा प्रचण्डको परिवारका कुनै पनि सदस्यले टिका लगाउने गरेका थिएनन्। प्रचण्ड भने अहिले पनि आफूलाई कम्युनिष्ट क्रान्तिकारी भन्दै बुर्जुवा संस्कृति नमान्ने हुनाले टिका लगाउन मान्दैनन्।


प्रतिक्रिया दिनुहोस्