सत्ता गठबन्धनमा आज पनि भएन सहमती, सिट बाँडफाँट टुंगो लगाउन सकेनन्

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ९ : १८


काठमाडौं । सत्तारूढ गठबन्धनले आज पनि सिट बाँडफाँट टुंगो लगाउन सकेनन् ।

दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए पनि सहमती हुन सकेन । बैठक केही बेरअघि सकिएको छ।

बैठक भोली पनि बस्नेछ । प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० मध्ये गठबन्धनको धेरै क्षेत्रमा सहमति जुटिसकेको छ।

केही प्रदेशमा सहमति नहुँदा आजै हस्ताक्षर गर्ने भनिए पनि रोकिएको नेताहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्