५ सय करोडमा बनेको चलचित्र ‘आदिपुरुष’ किन ट्रोल बनाइँदैछ?

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ८ : २५


काठमाडौं। प्रभास, सैफ अली खान र कृति सेनन स्टारर फिल्म आदिपुरुषको टिजर सार्वजनिक भएको छ।

५०० करोडको बजेटमा बनेको यो फिल्मको टिजर २ अक्टोबरमा रिलिज भएको थियो । तर यसलाई सामाजिक सञ्जालमा लगातार ट्रोल गरिँदै छ।

कतिपयले यो फिल्ममा तथ्यलाई गलत ढंगले प्रस्तुत गरिएको विश्वास गर्छन् भने धेरैले यसका दृश्यहरू हलिउडबाट नक्कल गरिएको बताएका छन्।

ट्रोल हुनुको पहिलो कारण भनेको यो फिल्म महर्षि वाल्मीकिको रामायणमा आधारित रहेको निर्माताहरूले आधिकारिक रूपमा घोषणा गरेका छन्। तर रामायण जस्तै फिल्ममा भगवान राम, रावण, लक्ष्मण, हनुमान र उनको बाँदर सेना छन्, तर कुनै पनि पात्र मौलिक कथासँग मिल्दैनन्।

मर्यादा पुरुषोत्तम रामको अनुहारमा क्रोधको साथै, रावणलाई एकदमै आधुनिक, स्टाइलिश र स्पाइक गरिएको कपालमा देखाइएको छ। पृष्ठभूमि वास्तविक कथासँग मेल खाँदैन र एउटा दृश्यमा रामलाई चप्पल लगाएको पनि देखाइएको छ। धेरैले टिजरका दृश्यहरू र पात्रहरू ह्यारी पोटर फिल्महरू, एभेन्जर्स र गेम अफ थ्रोन्ससँग मिल्दो जुल्दो बताएका छन्।


प्रतिक्रिया दिनुहोस्