बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ३ : ५९


गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत)को शव आइतबार भेटिएको छ। उनको शव ३८ दिनपछि फेला परेको हो।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिए। उनको कङ्काल बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुच्छ्रे्र सामुदायिक बनमा रुखमा झुण्डीएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएका थिए। रासस


प्रतिक्रिया दिनुहोस्