राष्ट्रपतिद्वारा नवकन्याको पूजा

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ३ : ०५


राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छन्।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन्। ती कन्यालाई बालमन्दिरबाट लगिएको हो। दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरूसँग सामूहिक तस्बिरसमेत खिचाएकी थिइन्।

उनले गतवर्ष पनि बडा दसैँको महानवमीको दिन नौ जना कन्याहरूलाई बोलाएर नवदुर्गा देवीको पूजा आराधना गरेकी थिइन्।

भोलि (बुधबार) बडा दसैँको दशौँ दिन विजया दशमी पर्व मनाईदैछ। यस बर्ष बडा दसैँको टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा छ।


प्रतिक्रिया दिनुहोस्