प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत, वाईसीएल नेता भन्छन्-गम्भीर संकट आयो

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  २ : २९


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट प्रत्यक्ष चुनाव नलड्ने निर्णयमा पुगेको वाइसिएलका एक नेताले बताएका छन्।

पूर्वप्रधानमन्त्री डा .बाबुराम भट्टराईले गोरखा क्षेत्र नं.२ बाट चुनाव नलड्ने घोषणा गरेपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

यसैबीच, प्रचण्डकै निर्वाचन क्षेत्रका नेतासमेत रहेका वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन।

पनेरुले देशभित्र र बाहिरका परिवर्तनविरोधीका हजार षड्यन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्