दशैंमा शक्तिपीठ र सार्वजनिक स्थलको सरसफाईमा महानगर

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  २ : ०७


काठमाडौँ महानगरपालिकाले शक्तिपीठ, मठमन्दिरसहित मानिसहरुको चहलपहल हुने सार्वजनिक स्थलहरुको विशेष सरसफाई गरिरहेको छ। यसका लागि जनशक्ति, साधन तथा उपकरणको परिचालन गरिएको छ।

महानगरको सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार नवमीका दिन विहान सहरबाट साना तथा मझौला गरी ६० ट्रिप फोहोर संकलन गरियो।

‘महानगरका नियमित काम रोकिएका छैनन्। अहिले शक्तिपीठहरुबाट धेरै फोहोर उत्पादन भएको छ।’ भट्टको भनाइ छ।

दशैँमा काठमाडौँ महानगरभित्र भएका भद्रकाली, मैतीदेवी, नक्साल, शोभा भगवती, तलेजु भवानीलगायतका पीठहरुमा भीड हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्