चोटका कारण बुमराहले टी–२० विश्वकप गुमाउने

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ८ : ३७


काठमाडौं । भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले अस्ट्रेलियामा हुने टी–२० विश्वकप गुमाउने पक्का भएको छ ।

चोटका कारण केही समयअघि मात्र मैदान फर्किएका बुमराहले गम्भीर किसिमको ढाडको समस्याका कारण विश्वकप गुमाउने पक्का भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको हो ।

उनी ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । बिसिसिआईले उनको स्थानमा कसलाई राख्ने भन्ने निर्णय केही दिनपछि गर्ने बताएको छ ।

बुमराहले अघिल्लो केही समयअघि अस्ट्रेलियाविरुद्ध टी–२० सिरिजको दोस्रो खेलबाट पुनरागमन गरेका थिए । भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट उनी नहुँदा बलिङ आक्रमण कमजोर हुने देखिन्छ ।

टी–२० एसिया कपमा बुमराह नहुँदाको असर देखिएको थियो । २०१६ मा भारतका लागि डेब्यू गरेका उनी पछिल्लो एक वर्ष भने चोटसँग संघर्ष गरिरहेका छन् ।

बुमराहको गत मंगलबार अभ्यासका क्रममा ढाडको समस्या बल्झिएको हो । चोटका कारण भारतका प्रमुख अलराउन्डर रवीन्द्र जडेजाले पनि टी–२० विश्वकप गुमाइसकेका छन् ।

भारत १६ अक्टोबरदेखि १३ सेप्टेम्बरसम्म सञ्चालन हुने विश्वकपको सुपर १२ अन्तर्गत समूह ञबीझ छ । भारतले २३ अक्टोबरमा पाकिस्तानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्