पूर्वराजाको सन्देशले राजनीतिमा तरंग, पौडेल भन्छन्-व्यवस्थामाथि संकटको बादल

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : ३३


काठमाडौं । दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र विरुद्ध अभिव्यक्ति दिएसँगै अहिले राजनीति तरंगित हुन थालेको छ।

पछिल्लो समय राजसंस्थाको पक्षमा समेत धुव्रिकरण बढ्न थालेपछि सत्ताधारी नेताहरु तरंगित हुन थालेका हुन।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जाने बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका छन् ।

पौडेलले देशमा संक्रमणकालीन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्थामाथि अझै संकट कायम रहेको बताएका छन् । पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ। पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो।’

 


प्रतिक्रिया दिनुहोस्