गोरखा क्षेत्र नं-२ बाट प्रचण्ड वा मानुषी उठ्ने सम्भावना

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ३ : १५


काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणाा गरेसँगै अब उनको क्षेत्रबाट कसले चुनाव लड्ला भन्नेबारे चर्चा सुरु भएको छ।

डा.भट्टराईले यसअघि माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सोही क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्ने बताएका थिए। तर, डा.भट्टराई एक्कासी आफ्नो निर्णयबाट युटर्न भए।

भट्टराईले आफूले यसअघि चुनाव जित्दै आएको गेरखाको निर्वाचन क्षेत्र-२ बाट उम्मेदवार नदिने जानकारी दिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो क्षेत्रबाट आगामी निर्वाचनमा उठ्ने सम्भावना बढेको छ।

पछिल्लो समय बाबुरामको माओवादी केन्द्रसँग हिमचिम बढेको छ। प्रचण्डले चुनाव जित्ने सहज ठाँउ खोज्दै गर्दा बाबुरामले सो क्षेत्र छाडेको हुनसक्ने टिप्पणी समेत भइरहेका छन्।

यस्तै डा.भट्टराईले बेलाबेला युवापुस्तालाई राजनीतिमा अघि सार्नुपर्ने माग समेत गर्दै आएका छन्। उनले आफुले समानुपातिकबाट लडेर आफ्नो चुनावी क्षेत्रबाट छोरी मानुषी भट्टराईलाई उठाउन खोजेको पनि चर्चा छ।


प्रतिक्रिया दिनुहोस्