बाबुरामद्वारा चुनाव नलड्ने घोषणा

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १ : ०६


काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन्।

गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’

यसअघि डा.भट्टराईले आगामी चुनावमा माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए।

२०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्