दशैंमा यसपटक पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाउने, राष्ट्रपतिले लगाइदिने!

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ४ : ४२


पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको दिन सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन।

सर्वसाधारण नेपाली कोरोना संक्रमण र डेंगुका कारण आक्रान्त भएको उल्लेख गर्दै उनले यो वर्ष टीक नलगाइदिने बताइएको छ।

महाराजगञ्जस्थित तीन वर्ष अघिसम्म दशैंको दिन सर्वसाधारणलाई टीका लगाइदिने गरिएको थियो तर, यो वर्षसमेत पछिल्लो तीन वर्ष कोरोनाका कारण टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले भने इच्छुक सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय, शीतल निवासले जानकारी दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस्