दसैँमा ऋण चाहियो? लिनु होस बिमालेख धितो कर्जा

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ८ : ५५


बिमालेख धितो कर्जा

आजको समयमा आम नागरिकको लागि ऋण लिनु सामान्य भइसेको छ। तर, धेरैजसो मानिस अझै पनि ऋण लिनको लागि, आफन्त वा नातेदारकै भर पर्ने गर्छन्। कतिय अवस्थामा बैंक बाट ठूलो मात्रामा ब्याज तिरेर पनि ऋण लिनु पर्ने हुन्छ। बैंकबाट ऋण लिनको लागि धरौटी स्वरुप चल अथवा अचल सम्पती जम्मा गनु पर्ने हुन्छ । तर यदि तपाईले बीमा गर्नु भएको छ भने, आवश्यक परेको बखत तपाईलाई ऋण लिन बीमालेखले सहयोग गर्छ।
अर्थात तपाई आफुले बीमा गरेको प्रमाणपत्रको आधारमा बीमा कम्पनीबाट ऋण लिन सक्नु हुन्छ। बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख (बीमा गरेको करारनामा पत्र) धितो राखी लिइने कर्जा नै बिमालेख धितो कर्जा हो ।यस्तो ऋणलाई लोन अगेंस्ट इश्योरेंस भनिन्छ। यदि तपाई संग घर, सुन या जग्गा जस्ता अचल सम्पती छैनन् तर बीमा पोलिसी छ भने यो तपाईका लागि फाइदाको कुरा हो। किनभने जीवन बीमा पोलिसीको आधारमा तपाईले सहजै बीमा कम्पनीबाट ऋण पाउन सक्नुहुन्छ।

बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख (बीमा गरेको करारनामा पत्र) धितो राखी लिइने कर्जा नै बिमालेख धितो कर्जा हो। बीमालेख धितो राखेर कर्जा लिनको लागि कम्तीमा पनि २ किस्ता प्रिमियम अर्थात बीमा शुल्क बुझाएको हुनुपर्छ। यसरी कर्जा लिदाँ कर्जा लिँदा बिमितले बिमालेख बाहेक अन्य कुनै पनि चल अचल सम्पती धितो वा जमानी राख्नु पर्दैन्।

कर्जा लिन चाहाने बिमितले तिरेको बीमा शुल्कका आधारमा कम्पनीले कर्जा प्रदान गर्ने गर्छन। बिमा समितिले तोकेको प्रवाधान अनुसार कम्पनीले बीमितलाई बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म कर्जा प्रदान गर्न सक्ने प्रावधान रहेको छ।

१० देखि ११ प्रतिशतमा पाईने कर्जा बिमा अवधिभित्र कुनै पनि समयमा कर्जा भुक्तानी गर्न सकिन्छ। भने भुक्तानीको नभएको अवस्थामा बिमाशुल्कबाट नै कम्पनीले कर्जा असुलउपर गर्छन्।

ऋण लिनको लागि के गर्नु पर्छ ?

बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा पनि २ किस्ता प्रिमियम अर्थात बीमा शुल्क बुझाएको हुनुपर्छ।
यसरी ऋण लिनको लागि बिमितले बिमालेख बाहेक अन्य कुनै पनि चल अचल सम्पती धितो वा जमानी राख्नु पर्दैन्।
बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुञ्जेल सम्म तपाई बीमा पोलिसी भने त्याग गर्न पाउनुहुन्न।
कर्जा लिन चाहाने बिमितले तिरेको बीमा शुल्कका आधारमा कम्पनीले कर्जा प्रदान गर्छ।
बिमा समितिले तोकेको प्रवाधान अनुसार कम्पनीले बीमितलाई बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्रदान गर्न सक्ने प्रावधान रहेको छ।
बीमा कम्पनी अनुसार तिर्नु पर्ने ब्याजदर फरक फरक हुन्छ।
यसरी लिईएको ऋण बिमा अवधिभित्र कुनै पनि समयमा कर्जा भुक्तानी गर्न सकिन्छ।
ऋण भुक्तानी गर्न नसकेमा बिमाशुल्कबाट नै कम्पनीले ऋण असुलउपर गर्छन्।
ऋणको अवधिम पनि तपाईको बीमा भने चलिरहन्छ । यदि ऋण चुक्ता नगर्दै बीमितको मृत्यु भएमा ऋण कटाएर बाँकी रकम उपलब्ध गराईन्छ।

 


प्रतिक्रिया दिनुहोस्