नेपालमा आज शनिबार थपिए १९ कोरोना संक्रमित

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ५ : ३५


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९१ जनाको पिसिआर र एक हजार ७४१ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर ९२५ जना सक्रिय संक्रमित रहेका छन् । आज ९६ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।


प्रतिक्रिया दिनुहोस्