राइस युनिभर्सिटी, ह्युस्टन मा नेपाली बिजनेस लिडरहरु को बिजनेस मन्थन

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ५ : १३


लिडरसिप एकेडेमी नेपाल (ल्यान) ले जोन्स ग्रेजुएट स्कुल अफ बिजनेश, राइस युनिभर्सिटी, ह्युस्टन, अमेरिकाको सहकार्यमा सेप्टेम्बर १९ देखि २४ सम्म नेपाली बिजनेस लिडरहरु का लागि का लागि उन्नत नेतृत्व कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा नेपाली बैंकिङ उद्योग र अन्य क्षेत्रका प्रतिनिधिहरूसहभागी  थिए। कार्यक्रमा राइस युनिभर्सिटीका डीन लगायत  विश्व स्तरीय प्रोफेसरहरू ले नवीनतम अनुसन्धानद्वारा प्रमाणित सफल अवधारणाहरू प्रस्तुत गरेका थिए ।

राइस विश्वविद्यालय भर्खरै अमेरिकाका शीर्ष पन्ध्र विश्वविद्यालयहरू (यूएस न्यूज र वर्ल्ड रिपोर्ट) र उद्यमशीलतामा एमबीए (प्रिन्सटन समीक्षा) मा पहिलो स्थानमा परेको थियो।

राइस युनिभर्सिटीका कार्यकारी शिक्षाका एसोसिएट डीन, माइकल कोएनिगले कसरी राइस विश्वविद्यालय र ल्यानले नेपाली बिजनेस लिडरहरु लाई यो अवसर प्रदान गर्न मिलेर काम गरेका र यस्ता कार्यक्रम भबिस्यमा पनि निरन्तर रहने बिश्वाश ब्यक्त गरेका थिए। महामारी पछि संगठनहरूमा सम्भावित परिवर्तन र यसले व्यवस्थापन मा परेको प्रभाव र रोजगार गुमाएकाहरु र नव प्रवेशीहरु लागी अवसर का बिसयमा कार्यक्रम मा गहन चर्चा गरिएको थियो।

राइस युनिभर्सिटीका कार्यकारी शिक्षाका एसोसिएट डीन, माइकल कोएनिगले लिडरसिप एकेडेमी नेपाल र राइस विश्वविद्यालय ले संयुक्त रुपमा अय्जना गर्दै आएका कार्यक्रम र यसको प्रभाबकारिता का सन्दर्भ मा प्रकाश परेका थिए।


प्रतिक्रिया दिनुहोस्