दसैं मा यात्रा गर्दै हुनु हुन्छ? यात्रा बीमा गरी ढुक्क बन्नुहोस

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ४६


यात्रा बीमा

मनोरञ्जन, छुट्टी मनाउने, व्यापार लगायत बिभिन्न उद्देश्यहरुको लागि बिदेश वा स्वदेशमा यात्रा गर्नेहरुको जमात बढदै गइरहेको छ । स्वदेशी तथा विदेशी जो पनि यात्राको क्रममा विभिन्न ठाँउमा पुगिरहेका हुछन् । झनै पछिल्लो समय एडभेन्चरियस ट्राभल भन्दै विदेशी पर्यटकसंगै नेपाली युवाहरु पनि जोखिम युत्त यात्रा गरिरहेका छन् । यसरी यात्रा गर्नेहरु सबैको राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टि हुदैन । त्यसैले यात्रा गर्दा दुर्घटना, बिरामी, व्यक्तिगत दायित्वबाट परिआउने खर्च वा आपतकालीन औषधोपचार खर्चको आर्थिक बोझ यस बीमा योजनाले बहन गर्दछ । नेपालीहरुलाई बिदेशी भुमिमा औषधोपचार खर्च ज्यादै महंगो हुने गर्छ । यस्तो अवस्थाको उपयुक्त उपाय यात्रा अगाडि नै बीमा गर्नु हो ।
नेपाल भ्रमणमा आउने कतिपयले भिसा माग गर्दा खेरी यात्रा बीमा गरेर आउछ् भने, नेपालवाट घुम्न जानेहरुले पनि भिसा माग गर्दा यात्रा बीमा अनिवार्य जस्तै बुझाउनु पर्दछ । यात्रा बीमा आपत्कालीन औषधोपचार खर्च, व्यक्तिगत दुर्घटना, राहदानी हराउने, बीमान कम्पनीद्वारा चेक गरी लगि सकिएको सामान हराउमा वा ढिलो प्राप्त भएमा, व्यक्तिगत दायित्वको कारणबाट परिआउने खर्च यस बीमामा समाबेश रहेको छ ।

यात्रा बीमाको प्रकार

डोमेस्टिक ट्राभल इन्स्योरेन्स

डोमेस्टिक ट्राभल इन्स्योरेन्सले आफ्नो देश भित्र घुम्न चहानेहरुको लागि यात्राको दौरानमा जुनसुकै किसिमको दुर्घटनावाट घाईते वा अंगभंग भएमा, मृत्यु वा सामानहरु हराएमा यस बीमा अन्र्तगत आर्थिक सहायत प्रदान गर्दछ ।

अन्र्तराष्ट्रिय यात्रा बीमा

विदेश यात्राको अवधिमा तपाईको पासपोर्ट वा अन्य महत्वपुर्ण कागजपत्रहरु हराएमा, तपाई यात्रा गरिरहेको प्लेन हाइज्यक भएमा वा अन्य समस्या आएर यात्रा अवधिमा दुर्घटना भएमा विदेशमा उपचारको लागि आर्थिक सहयोग गर्छ ।

कर्पोरेट ट्राभल इन्स्योरेन्स

यस अन्र्तगत कार्मचारीहरुको यात्रामा आथिक सुरक्षा प्रदान गर्दछ । बिदेश यात्रामा होस् वा स्वदेश भित्रै यात्रा गर्दा कर्पोरेट ट्राभल इन्स्योरेन्सले आर्थिक सहयताको ग्यारेन्टि प्रदान गर्दछ ।

बिद्यार्थि यात्रा बीमा

उच्च शिक्षाको बिदेश जानेहरु बिद्यार्थिहरुको लागि यो बीमा योजनाले काम गर्दछ । बिद्यार्थिहरुको कागजपत्रहरु हराएमा वा दुर्घटना भएमा उपचार खर्च प्रदान गर्दछ ।

जेष्ठ नागरिक यात्रा बीमा

यात्रा बीमा अनर्तगत जेष्ठ नागरिकको यात्रा बीमा योजना पनि रहेका छन् । यसले ६१ वर्ष देखि ७० वर्षको नागरिकहरुको लाभ लिन सकिन्छ । यात्रामा जादाँ हुनसक्ने संभावित जोखिमहरुलाई यस बीमाले सहायता प्रदान गर्दछ । जसमा उपचार खर्च समेटिन्छ ।

परिवार यात्रा बीमा

यस बीमामा परिवारका सबै सदस्यहरुको बीमा गरिन्छ । यात्राको समयमा कुनै पनि जोखिम आइपर्न सक्छ । त्यसता जोखिमलाई बहन गर्न यस बीमा योजनाले आथिृक मद्धत गर्छ ।

 


प्रतिक्रिया दिनुहोस्